प्रमुख सूचना ::
त्रिवेणी नगरपालिकाको संक्षिप्त परिचय हेर्नका लागी कृपया Read more मा थिच्नुहोला ।
त्रिवेणी नगरपालिकाको परिचय
बाजुरा जिल्लको सदरमुकाम मार्तडी देखी दक्षिण भेगमा रहेको यो नगरपालिकाको नामाकरण यसै क्षेत्रको पर्यटकिय तथा धार्मिक स्थल त्रिवेणीको संगम स्थलको नाम बाट त्रिवेणी रहन गएको हो । राज्य पुर्नसंरचनाको क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर त्रिवेणी नगरपालिका बनेको हो ।
जनसंख्या र क्षेत्रफलको हिसाबले यो नगरपालिका जिल्लाकै तेस्रो ठुलो नगरपालिका हो । यस नगरपालिकाको श्री बडिमालिका मन्दिर, पैमागाउँमा रहेको बडिमालिका मन्दिरको भण्डा गृह, नाटेश्वरी मन्दिर, मौरे क्षेत्र, छतारा माईको मन्दिर, शैमाण्डौ, मष्टा देबताका मन्दिरहरु र कैलाश देवताका स्थानहरु यस क्षेत्रका प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तब्य स्थलहरु हुन ।
यस नगरपालिकामा प्राकृतिक रुपमा सुन्दर एंव रमणिय स्थलहरु रहेका छन् । मुख्य रुपमा सुन्दर किम्नी झरना, धवलपुरी दह, त्रिवेणी पाटन जस्ता रमणिय स्थानहरु पर्यटक स्थलका रुपमा आकर्षण बनेका छन । त्रिवेणी पाटन र बडिमालिका मन्दिर वरपरका ठाउमा विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन ।
यो नगरपालिका बनजङ्गलले भरीपुर्ण नगरपालिका हो । चराचुरुङ्गिमा डाफे, कालिज, बदेल, घोर झलर र रतुवा जस्ता दुर्लभ बन्य जन्तु यसै नगरपालकामा पाइन्छन । मालागाड, मानागाढ र कासेगाड खोला यस नगरपालिकाका उर्जाका प्रचुर सम्भाबना भएका खोला हुन ।
त्रिवेणी नगरपालिकाको जम्मा क्षेत्रफल १७०.३२ वर्ग किलो मिटर अर्थात १८१५८ हेक्टर रहेको छ । यस नगरपालिकाको केन्द्र वडा नं. ४ तोली, टुडेगडामा रहेको छ ।
यस नगरपालिकाको पुर्वमा कालिकोट जिल्ला, उत्तरमा बडिमालिका नगरपालिका, पश्चिममा बुढीगंगा नगरपालिका र दक्षिणमा अछाम जिल्ला रहेको छ । बाजुरा जिल्लामा रहेको बुढीगंगा नदी यसै नगरपालिकाको दक्षिण सिमाना हुदै बग्ने गर्दछ ।
केन्द्र: वडा नं. ४, तोली, टुडेगडा
मुख्य आकर्षण: प्राकृतिक झरना • धार्मिक स्थल
नगरपालिका सम्बन्धि थप जानकारी
जनसांख्यिकीय, शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीय विवरण
१७,७९८
कुल जनसंख्या
८,२०२ / ९,५९६
पुरुष / महिला
३,७०२
कुल परिवार
७१.६%
साक्षरता दर
लैङ्गिक साक्षरता
पुरुष: ८०%
महिला: ६३.९%
अपाङ्गता दर
कुल: ३.४% • पुरुष: ४% • महिला: २.९%
शिक्षा तथा स्वास्थ्य
विद्यालय: ३४ • स्वास्थ्य संस्था: १२
मुख्य धार्मिक एवं पर्यटकीय गन्तव्य
वडा अध्यक्ष तथा जनसंख्या
| क्र.सं | वडा अध्यक्ष | फोन | पुरुष | महिला | जम्मा |
|---|---|---|---|---|---|
| १ | मन बहादुर बुढा | ९७४२३७७६०७ | ८१८ | ९४३ | १७६१ |
| २ | विर बहादुर विश्वकर्मा | ९८४८६४४५८५ | ७३४ | ९०५ | १६३९ |
| ३ | मिन बहादुर भण्डारी | ९८५८४२४१२१ | ७८५ | ९०६ | १६९१ |
| ४ | गणेश बहादुर साउद | ९८५८४८५७७९ | ११३५ | १३१८ | २४५३ |
| ५ | डिल्लि बुढा | ९८४७१४११७६ | ६४४ | ६४६ | १२९० |
| ६ | पारस बहादुर बुढा | ९८४८८१९३३१ | १५६० | १८०१ | ३३६१ |
| ७ | जुद्ध बहादुर अयडी | ९८६९०००२४१ | ८२४ | ९६५ | १७८९ |
| ८ | गगन जंग बुढा | ९८६५८५७७०३ | ६२१ | ९६५ | १५८६ |
| ९ | नन्द थापा | ९८४८४५८९२४ | १०८१ | १३७६ | २४५७ |
संक्षिप्त संकेतक
- जनसंख्या: १७,७९८
- विद्यालय: ३४
- स्वास्थ्य संस्था: १२
- साक्षरता: ७१.६%
- अपाङ्गता दर: ३.४%