जगत जननी श्री बडीमालिका माताको मन्दिरमा यहि मिति २०८१ भदौ १ र २ गते पुजा लाग्ने तथा नाटेश्वरी मन्दिरमा भक्तजनहरु बडीमालिका माताको दर्शन गरि भदौ २ गते बेलुका पुगि भदौ ३ गते नाटेश्वरी मन्दिरमा पुजा गरिन्छ । यस त्रिवेणी नगरपालिकाबाट जगत जननी श्री बडिमालिका माताको दर्शन गर्ने मुख्य ३ बटा प्रवेश द्धाराहरु रहेका छन । जस मध्ये बडिमालिका भण्डार गृह हुदै जाने प्रवेश द्धारा मिति २०८१ श्रावण ३० गते देखि शुभारम्भ हुने व्यहोरा अनुरोध गरिन्छ ।
प्रमुख सूचना ::
ग्यालरी
आज मिति २०८१।०३।१० गते विहान ८:०० बजे नगरसभा समक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एंवम नगर उप प्रमुख श्री कमला कुमारी जैशी (न्यौपाने) ज्यू द्धारा आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभामा पेश भयो । पेश भएको बेजट तथा कार्यक्रम सभासदस्य ज्यूले बृहत छलफल सहित राय सुझाव दिनु भयो र आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभा बाट पास भयो । मिति २०८१।०३।०७ गते विहान ११ बजे बाट संञ्चालन भएको नगर सभाले आ.व. २०८१।०८२ को "नीति तथा कार्यक्रम ", " त्रिवेणी नगरपालिकाको आर्थिक ऐन २०८१", "त्रिवेणी नगरपालिकाको विनियोजन ऐन २०८१", आ.व.
आज मिति २०८१।०३।०६ गते त्रिवेणी विकास बहस कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख श्री कर्ण बहादुर थापा ज्यूको अध्यक्षतामा संञ्चालित कार्यक्रममा नगर उप प्रमुख श्री कमला कुमारी जैशी(न्यौपाने) ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री चिरन्जीवी प्रशाद शाह ज्यू, नगर प्रवक्ता श्री मिन बहादुर भण्डारी ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, नेपाल स्काउटका प्रदेश आयुक्त श्री नरेन्द्र थापा ज्यू,फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष श्री धिरज कुँवर ज्यू, पुर्व वडा अध्यक्ष ज्यू, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य ज्यूहरु, नेपाली कांग्रेस नगर कार्यसमिति सभापति श्री सुरेन्द्र राज गिरी ज्यू, ने.क.
आज मिति २०८१।०३।०४ गते आर्थिक बर्ष २०८१/८२ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख श्री कर्ण बहादुर थापा ज्युको अध्यक्षता मा भएको कार्यक्रममा उप प्रमुख ज्यू, वडा अध्यक्ष ज्युहरु , कार्यपालिका सदस्य ज्यूहरु, राजनैतिक दल, बि.ब्य.स, शिक्षक, बुद्धिजीवी, दलित, महिला, फरक क्षमता भएका, विभिन्न संघ सस्थाका प्रतिनिधि, नागरिक समाज, बालबालिका, पत्रकार लगायत सरोकारवाला हरुको उपस्थिति रहेको थियो।