प्रमुख सूचना ::
बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एंवम नगर उप प्रमुख श्री कमला कुमारी जैशी (न्यौपाने) ज्यू द्धारा आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभामा पेश भयो
आज मिति २०८१।०३।१० गते विहान ८:०० बजे नगरसभा समक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एंवम नगर उप प्रमुख श्री कमला कुमारी जैशी (न्यौपाने) ज्यू द्धारा आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभामा पेश भयो । पेश भएको बेजट तथा कार्यक्रम सभासदस्य ज्यूले बृहत छलफल सहित राय सुझाव दिनु भयो र आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभा बाट पास भयो । मिति २०८१।०३।०७ गते विहान ११ बजे बाट संञ्चालन भएको नगर सभाले आ.व. २०८१।०८२ को "नीति तथा कार्यक्रम ", " त्रिवेणी नगरपालिकाको आर्थिक ऐन २०८१", "त्रिवेणी नगरपालिकाको विनियोजन ऐन २०८१", आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सहित अन्य ऐनहरु सभा बाट पास भई नगरसभा सम्पन्न भयो ।