FAQs Complain Problems

वडा नं. १

वडा नं १ को नक्सा

त्रिवेणी नगरपालिकाको तल्लो भेगमा रहेको वडा न. १ मा जम्मा ३७६ घरधुरी र जम्मा १७६१ जनसंख्याको बसोबास रहेको छ । जसमध्ये ८१८ (४६.५%) पुरुष र ९४३ (५३.५%) महिला रहेका छन् । यस वडामा मुख्य बस्तिहरु नेपाली टोल, भुगातोला, बिशाल बजार, लवाढंग्रा, गताड रहेका छन् । यस वडामा ८९९ (५८.९ %) जना साक्षार रहेका छन्। यस वडामा ४ वटा बालविकास केन्द्र रहेका छन। यस वडामा नन्दादेवी, छतारा माई भगवती धार्मिक एवंम पर्यटकीय स्थल हुन । यस वडाका अधिकंश जनताहरु कृषी पेशा अन्तर्गत भेडा, बाख्रा पालन गर्ने गरेका छन् । यस वडाको मुख्य सिचाईका स्रोतहरू कालापैरी देखी गताड तिलुकाना खेतसम्म, रिदी सैनको खोला देखि वयाल पुज्ने गैतोली छतारा सम्म , दोगडी मूल देखी तोल्का पाखा सम्म, ठुल्लो खोला देखी साढेसैन बखड खोला सम्म , तल्लो ठुल्लो खोला देखी गाजेबन हुदै ढुंगो फुटे सम्म रहेका छन । यस क्षेत्रमा पर्याप्त खेतियोग्य जमिन रहेको छ र यस वडा बाट नगरपालिका कार्यालय पुग्न करिव २ घण्टा जति समय लाग्दछ भने केन्द्र देखि करिव १८ कि.मीको दुरि रहेको छ ।

जनप्रतिनिधिहरुको विवरण

क्र.स. नाम थर पद फोन नं
मन बहादुर वुढा वडा अध्यक्ष ९७४२३७७६०७
प्रकाश बहादुर बुढा वडा सदस्य ९८६५५३१८९०
बिरु नेपाली वडा सदस्य ९८४८९८८७८७
पारे लुहार वडा सदस्य ९८६३१०२३६७
कमला बुढा वडा सदस्य ९८४८९७४०४१
वडामा कार्यरत कर्मचारीहरुको विवरण
क्र.स. नाम थर पद फोन नं
सुनिल परियार वडा सचिव ९८६३१२९५४९
डम्मर बहादुर नेपाली कार्यालय सहयोगी -
स्वास्थ्य संस्थाको विवरण
१.छतारा आधारभुत स्वास्थ्य सेवा केन्द्र छतारा
क्र.स. नाम थर पद फोन नं
बिर बहादुर बि.क. अ.हे.ब. ९८६९९०५३१८
महेश्वरी कुमारी बुढा अ.न.मी. ९७४८२४९९२४
जुना नेपाली कार्यालय सहयोगी ९८६४३१४१८१
विद्यालयहरुको विवरण
१.श्री छतारादेवी मा.वि. छतारा बाजुरा
क्र.स. नाम थर पद फोन नं
प्रमाराज न्यौपाने प्रधानाध्यापक ९८८६८४९७७६
२. श्री त्रिपुरासुन्दरी आ.वि.
देवि चन्द्र जैशी प्रधानाध्यापक ९८४८६५१२७५
Population: 
1761
Ward Contact Number: 
९७४२३७७६०७
//